दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’ « Khabarhub

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय चालक दावा लामाको घटनालाई युवा अभियन्ता मिराज ढुंगानाले नेपालमा बढ्दै गएको निराशासँग जोडेर प्रश्न उठाएका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित बस स्टपमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक लामा घाइते भएका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा लामाले नै बसमा आगो लगाएको हुन सक्ने जनाएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।

घटनापछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै ढुंगानाले यस्तो घटनालाई केवल एक व्यक्ति वा तत्कालीन परिस्थितिसँग मात्र जोडेर हेर्न नहुने बताएका छन्। २५ वर्षको उमेरमा भविष्य निर्माण गर्ने अवस्थामा रहेका युवालाई यस्तो चरम कदमसम्म पुर्‍याउने कारणबारे पनि गम्भीर रूपमा सोच्नुपर्ने उनको भनाइ छ।

ढुंगानाले बेरोजगारी, न्यून आय, आर्थिक अवसरको अभाव, राजनीतिक अस्थिरता, सामाजिक असुरक्षा र भविष्यप्रतिको अनिश्चिततालाई युवामा बढ्दो निराशासँग जोडेर हेरेका छन् । उनले यस अवस्थालाई ‘चरम नेपाली निराशा’को संज्ञा दिएका छन् ।

उनका अनुसार आर्थिक र सामाजिक समस्या एकअर्कासँग जोडिँदै जाँदा व्यक्तिगत निराशा बढेर समग्र समाजमै निराशाको अवस्था सिर्जना हुन सक्छ। त्यसैले यस्ता घटनालाई केवल व्यक्तिगत समस्याका रूपमा नभई युवाले आफ्नो भविष्यप्रति कस्तो विश्वास गरिरहेका छन् भन्ने कोणबाट पनि हेर्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ८ : ०२ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी