प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ « Khabarhub

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा रहेका भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र राजनीतिक व्यथिति हटाउनका लागि सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

बडादसैँको मुख्य दिन विजयादशमीको अवसरमा बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गराउन इमान्दार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको बताएका हुन्।

विजयादशमीलाई असत्यमाथि सत्यको विजय प्राप्त भएको उत्सवका रूपमा स्मरण गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, “आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।”

दुर्गा भवानीले आसुरी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको पौराणिक सन्दर्भ उल्लेख गर्दै उनले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोच त्याग्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरे।

भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा दसैँले सबै वर्ग, समुदाय र क्षेत्रलाई एउटै सूत्रमा बाँध्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले आ-आफ्नो क्षमताअनुसार सद्भाव, एकता, सम्मान र माया साटासाट गरेर पर्व मनाउन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा अपिल गरेका छन्।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ७ : ४५ बजे

तापक्रम वृद्धिको जोखिम बढ्दै, कोप–३१ मा जलवायु संकटबारे बहस

काठमाडौँ– विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन्

‘सभापति गगन थापाविरुद्ध राज्य नै भ्रम फैलाउँदै छ, निष्पक्ष छानबिन गरौँ’

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्जिनियर दीपकबाबु कँडेलले पार्टी सभापति

जुम्लामा लोभ हुँदै पानी घट्ट 

जुम्ला– जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरू लोभ हुँदै गएका

चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर

 काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर