पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग « Khabarhub

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप १६ लाख सात हजारभन्दा बढी रकम सङ्कलन गरिएको छ ।

तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त प्रयासमा नेपाल पत्रकार महासङ्घमार्फत सङ्कलित कूल रु १६ लाख सात हजार ८३२ मध्ये उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको उपचारका लागि १२ लाख पाँच हजार ८७५ हस्तान्तरण गरिएको हो ।

तनहुँ अन्तरराष्ट्रिय समाजका अध्यक्ष राजन त्रिपाठीले इन्दिरा कार्की उपाध्यायलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

सङ्कलित रकममध्ये बाँकी चार लाख एक हजार नौ सय ५७ दसैँलगत्तै स्व उपाध्यायका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको बैंक खातामा जम्मा गरिने समाजले जनाएको छ ।

गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धकसमेत रहनुभएका स्व उपाध्यायको गत महिना निधन भएको थियो । तनहुँको भानु नगरपालिका–१, भन्सार निवासी उपाध्यायको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न संस्थाको संयुक्त पहलमा उक्त रकम सङ्कलन गरिएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ९ : २६ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।