बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै « Khabarhub

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

बिहान १०ः२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानको उक्त साइत निकालेको हो ।  

विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउनका लागि साइत खोज्नु नपर्ने र आज बिहानदेखि दिनभर नै बडा दसैँको टीका ग्रहण गर्न सकिने बताइएको छ ।

बिहान १०ः२६ बजेको साइत भए पनि टीका थाप्नका लागि टाढा टाढा जानुपर्ने नागरिकले बिहान दुर्गा बिसर्जन गरेपछि नै टीका लगाउन सुरु गरेका थिए ।  

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएकी देवीलाई विसर्जनको साइत आज बिहान ०८ः४९ बजेका लागि समितिले तय गरेको थियो । 

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।

घरमा टीका लगाएर कतिपय सर्वसाधारण काठमाडौँ बाहिर जानका लागि पनि निस्किएका छन् । टीकापछि काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका देखिएको छ । 

टीकाको मुख्य दिन आज भएपनि आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन पनि छ ।  

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ११ : १४ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर