सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ « Khabarhub

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादसैँ मनाएका छन् । नेपाली कला, संस्कृति र परम्पराबारे जान्ने अवसर पाएका उनीहरूले विभिन्न होटलमा टीका र जमरा लगाएर दसैँको खुसी साटासाट गरेका हुन् ।

सौराहाका होटलहरूले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिसँग जोड्ने प्रयास गरेका छन् । होटल ग्रिन पार्ककी प्रबन्धक राधा श्रेष्ठ, होटल पार्क साइडकी सावित्रा परियार, राइनो लज एन्ड होटलका सञ्चालक रामकुमार अर्याल तथा हालै सञ्चालनमा आएको होटल रोयल टुलिपका सेफ कुमार बोगटीले पर्यटकलाई टीका र जमरा लगाइदिएर आशीर्वाद दिएका थिए ।

सौराहाका विभिन्न होटलमा अमेरिका, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड र नेदरल्यान्ड्सलगायत देशका ३५ जनाभन्दा बढी पर्यटकले दसैँको टीका र जमरा लगाएका थिए । नेपाली परम्पराअनुसार टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न पाउँदा उनीहरू उत्साहित देखिएका थिए ।

होटल ग्रिन पार्ककी प्रबन्धक श्रेष्ठले विगत पाँच वर्षदेखि विदेशी पर्यटकसँग नेपाली संस्कृति र परम्परा साटासाट गर्दै आएको बताइन् । दसैँका दिन पनि पर्यटकको सेवाका लागि होटल खुला राखिएको उनले जानकारी दिइन् ।

नेपालका विभिन्न स्थान घुम्दै सौराहा आइपुगेका विदेशी पर्यटकले नेपाली संस्कृतिको प्रत्यक्ष अनुभव गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । अमेरिकाबाट आएका डविटले नेपालीसँगै दसैँ मनाउन पाउँदा खुसी लागेको बताए । ‘नेपाली नागरिक आत्मीय र मित्रवत् छन्, नेपाल सुन्दर छ,’ उनले भने ।

आयरल्यान्डबाट आएकी सेरिजेन्टले यसअघि नेपाल घुम्न आएका साथीहरूबाट नेपाली परम्पराबारे सुनेको बताउँदै यसपटक आफैँ टीका र जमरा लगाएर दसैँ मनाउन पाउँदा खुसी लागेको बताइन् । आयरल्यान्डकै फोरिभले विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष अनुभव गर्न आफू चाडपर्वका बेला यात्रा गर्ने गरेको बताए । अस्ट्रेलियाबाट आएकी जयाले पनि नेपाली संस्कृति नजिकबाट बुझ्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

होटल पार्क साइडका सञ्चालक शिरलाल परियारले विदेशी पर्यटकसँगै दसैँ मनाउने परम्परालाई निरन्तरता दिनु पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको बताए । यस्ता गतिविधिले पर्यटकलाई नेपाली संस्कृति, परम्परा र चाडपर्वसँग नजिक बनाउने उनको भनाइ छ ।

चितवनको सौराहामा पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटकको आगमन पनि बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु, प्राकृतिक सुन्दरता र साहसिक पर्यटनका अतिरिक्त नेपाली चाडपर्व तथा सांस्कृतिक परम्पराले समेत पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार सौराहा आउने पर्यटकमध्ये तेस्रो मुलुकका पर्यटकको हिस्सा करिब २५ प्रतिशत छ । नेपाली र विदेशीबीच संस्कृति तथा परम्पराको आदानप्रदानले सौराहाको पर्यटनलाई थप विविध र आकर्षक बनाउन सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  १ : ३० बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद