अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू « Khabarhub

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत जानकारी पाउने अपेक्षा गरेको जनाएको छ ।

विटकफले रुसको सेन्ट पिटर्सबर्गमा पुटिनसँग भएको भेटमा युक्रेन युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताका लागि केही ‘विचार’ प्रस्तुत गरेको बताएका छन् । यो भेटवार्ता युक्रेनमा शान्ति स्थापनाका लागि कूटनीतिक पहल भइरहेका बेला भएको हो ।

यसअघि मङ्गलबार नर्वेको ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र विटकफबीच भएको बैठकमा युरोपेली युनियनका एक उच्च अधिकारी पनि सहभागी थिए ।

ईयूकी प्रवक्ता पाउला पिन्होका अनुसार, छलफलको मुख्य उद्देश्य युक्रेन र रुसलाई एउटै वार्ताको टेबलमा ल्याउन सकिने सम्भावनाबारे खोजी गर्नु थियो । त्यसका लागि त्रिपक्षीय वा बहुपक्षीय वार्ताको आधार तयार गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल भएको उनले बताए ।

पिन्होले मङ्गलबारको बैठकमा मुख्यतः भूभागसम्बन्धी विवाद, सुरक्षा व्यवस्था र युद्धपछि युक्रेनको समृद्धिका विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार, रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्तापछि अमेरिकी प्रतिनिधिमण्डल फर्किएलगत्तै त्यसका प्रमुख निष्कर्ष र छलफलका विषयबारे विस्तृत जानकारी उपलब्ध हुने ईयूले अपेक्षा गरेको छ ।

युक्रेन युद्ध अन्त्य गर्न भइरहेका कूटनीतिक प्रयासमा अमेरिका र युरोपेली राष्ट्रहरूबीच समन्वय महत्वपूर्ण मानिएको छ । सम्भावित शान्ति सम्झौतामा भू–भाग, सुरक्षा प्रत्याभूति र युद्धपछिको पुनर्निर्माणजस्ता विषय प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ८ : १९ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा