बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने « Khabarhub

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

पोखराले उनलाई आज टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तरराष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसन एनपिएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’’ पोखराले आज सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ ।

३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० अन्तरराष्ट्रिय र १२ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् ।

मेहदीले विभिन्न छवटा टोलीबाट बङ्लादेश प्रिमियर लिग (बिपिएल) समेत खेलेका छन् । एनपिएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपिएलका लागि बङ्लादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ८ : ४५ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा