ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’ « Khabarhub

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने धम्कीलाई पुनः दोहोर्याएका छन्। सामाजिक सञ्जालमार्फत उनले धम्की दिएका हुन् । उनले भनेका छन्, “अब फर्किने बाटो छैन । ग्रिनल्यान्ड अत्यन्तै आवश्यक छ ।”

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा ग्रिनल्यान्ड हासिल गर्न उनी कति टाढासम्म जान तयार छन् भन्ने प्रश्नमा ट्रम्पले, “तपाईंहरूले थाहा पाउनुहुनेछ,” भनेर जवाफ दिएका थिए।

यसैबीच, स्विट्जरल्याण्डमा भइरहेको वर्ल्ड इकोनोमिक फोरमको बैठकमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चेतावनी दिएपछि ट्रम्पले ग्रिनल्यान्डबारे थप धारणा सार्वजनिक गरेका हुन् ।

राष्ट्रपति ट्रम्प बुधबार डाभोस पुग्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ ग्रिनल्यान्डसम्बन्धी “धेरै बैठकहरू तय गरेको बिबिसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : २४ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान