रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ « Khabarhub

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल हुसेन अन्सारीलाई दिएको टिकट खोसेको छ ।

एमाले प्रवेश गरेलगत्तै अध्यक्ष केपी ओलीले उनलाई सुनसरी क्षेत्र नम्बर ४ को टिकट दिएको भएपनि अन्तिममा उनको टिकट खोसेर जगदीश कुशियत दिइएको हो।

केही दिनअघिसम्म कांग्रेसको देउवा समूहको पक्षमा उभिएर गगन थापामाथि आक्रमण गरिरहेका उनले रातारात पार्टी फेरेर एमालेको टिकट लिएका थिए ।

तर एमालेमा पुराना नेताहरुलाई वेवास्ता गर्दै अर्को पार्टीबाट भर्खरै प्रवेश गरेका व्यक्तिलाई टिकट दिएको भन्दै विरोध भएपछि अध्यक्ष ओली टिकट खोस्न बाध्य भएका हुन् ।

कुशियतको नाम सुनसरी–४ बाट एकल सिफारिस भएर आएको थियो । तर त्यसलाई वेवास्ता गर्दै अध्यक्ष ओलीले कांग्रेसबाट आएका अन्सारीलाई टिकट दिएका थिए ।

यसरी टिकट खोसिएपछि हुसेनले जीवन यात्रा भएको र सक्नेले साथ दिने नसक्ने पाठ दिने प्रतिक्रिया दिएका छन् । उम्मेदवार बन्नबाट आफू अन्तिम समयमा बन्चित भएको भन्दै उनले यस्तो बताएका हुन् ।

‘म आफू उम्मेदवार हुन् बाट अन्तिम समयमा वञ्चित भए पनि राजनीति र सामाजिक सेबा मार्फत देश सेवा गर्ने मेरो इमान्दारिता, लगाव र निष्ठामा कुनै कमी आउन दिने थिएन र छैन्। जिवन एउटा यात्रा हो,यहाँ सक्नेले साथ दिन्छन् नसक्नेले पाठ’, उनले फेसबुकमा लेखेका छन्, ‘घाम जस्तै बनु छ , आज आस्ताए पनि भोलि नौलो किरण बनि छाउनु छ । सबैमा शुभबिहानी’

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ९ : १३ बजे

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा