१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने « Khabarhub

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको कार्यक्रम अन्तर्गत आगामी शनिबार काठमाडौंको भृकुटी मण्डपमा कन्सर्ट आयोजना गरेको छ । त्यही कन्सर्टमा फिल्मको ट्रेलर सार्वजनिक हुने निर्देशक दिनेश राउतले बताए ।

देशका सबै मुख्य सहरमा कन्सर्ट गर्दै फिल्मको प्रचार गर्दै आएको ‘कुमारी’ टिमले शनिबार काठमाडौंको तालिका परेको छ । यसअघि पोखरा र चितवनमा कन्सर्ट भइसेकेको छ ।

कन्सर्टमा फिल्ममा समावेश गीत गाएका गायक केहरसिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले सांगीतिक प्रस्तुती दिनेछन् । यसको प्रवेश निशुल्क रहेको छ ।

भृकुटी मण्डप कन्सर्टमा फिल्मका नायक अविशेक खड्का, नायिका आकृति राजभण्डारी, निर्देशक दिनेश राउत र फिल्मको पूरा टिम उपस्थित रहने बताइएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १२ : २७ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म