दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना   « Khabarhub

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर तेस्रो पटक प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ।

निर्वाचन आउन करिब ६ साता मात्रै बाँकी छ । यतिबेला सिङ्गो जिल्लाका राजनीतिक दल उम्मेदवार घोषणा गर्न र टिकट बाँड्ने दौडधुपमा छन् ।

तर यता जिल्लाका मतदाता भने वर्षौँदेखि अलपत्र अवस्थामा रहेका विकासे आयोजना तथा योजनालाई नियालिरहेका छन् ।

पटकपटक फेरिएको निर्वाचन तथा राज्य सत्ता र दोलखाको समग्र विकासलाई यहाँका मतदाता नागरिकहरूले नजिकबाट हेरिरहँदा जिल्लाका राजनीति दल तथा आम मतदाता र उम्मेदवारलाई वर्षौँदेखि अलपत्र अवस्थामा कुरिरहेको दोलखा -रामेछाप तथा पूर्वका अधिकांश जिल्ला जोड्ने तामाकोशी नदीको बेवारिसे पुलले सबैलाई गिज्याइरहेको छ ।

९ वर्षदेखि अलपत्र तामाकोशी पुल 

२०७३ साल भदौमा दुई वर्ष भित्र निर्माण सक्ने गरी सम्झौता भएको दोलखाको प्रदेश क र ख का आम मतदानलाई  जोड्ने तामाकोशी आर्चब्रीज नौ वर्ष देखि अलपत्र पर्दासमेत उक्त पुल निर्माणमा कसैले चासो नदिएको पाइएको छ ।

जिल्लाका दर्जनौँ गाउँ तथा पालिका जोड्ने उक्त पुल ठेकेदारले अलपत्र पारेको झण्डै एक दशक बित्न लाग्दा समेत जिल्लाका जनप्रतिनिधि तथा राजनीति दलले चासो नदेखाउँदा ठेकेदारको मनोमानीमा पुल बेवारिसे बन्न पुगेको जिल्ला स्थित नागरिकहरूले दुखेसो गर्न थालेका छन् ।

निर्माण कम्पनी निलगिरी-नेशन जेभीले २०७३ भदौ २३ मा ठेक्का सम्झौता गरेर २०७४ असार १९ मा आर्च ब्रीजको डिजाइन स्वीकृत गरेर ५ वर्ष भित्र निर्माण सक्ने सहमति गरेको कम्पनीले हालसम्म करिब ४५/५० प्रतिशत भौतिक प्रगति गरे पनि त्यस पछिको निर्माण प्रगति शून्य रहेको छ ।

पुलका केही संरचना निर्माण गरेर वर्षौँदेखि अलपत्र छोड्दा निर्माण गरिएका आर्चको विम र पिल्लसमेत अहिले खिया लागेर बेवारिसे बनेका छन् ।

यता आगामी फागुन हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँसँगै जिल्लाका नागरिकले पुल अलपत्र पर्नुको कारण र हालसम्म निर्माण कम्पनी ठेकेदारलाई काम फर्काउन नसक्नु कारण खोज्दै पुल निर्माण गर्न चासो नदिने विभिन्न नयाँ-पुराना दलका उम्मेदवारलाई प्रश्न गर्न थालेका छन् ।

जिल्लाका आम मतदाता तथा नागरिकले उम्मेदवारी दर्ता गरिसकेका उम्मेदवार तथा सिफारिसमा परेका उम्मेदवारलाई पुल अलपत्र पर्नुको कारण खोज्दै सामाजिक सञ्जालहरूमा प्रश्न गर्न सुरु गरेका छन् ।

तामाकोशी पुलसँगै अलपत्र मुडे-चरिकोट सडक कहिले बन्छ ?

२०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा र २०७९ सालको निर्वाचनमा उम्मेदवार बनेका नेताले अलपत्र तामाकोशी पुल तथा लामोसाँघु-जिरी सडक खण्डको अलपत्र मुडे-चरिकोट सडक निर्माण, बेवारिसे फिल्म सिटीसँगै जिरी ताल निर्माणको आश्वासनमा अघिल्ला चुनाव जितेका नेताले फेरि उम्मेदवार बनिरहँदा यहाँका अलपत्र र बेवारिसे महत्त्वपूर्ण विकास आयोजनाले भने, तिनै उम्मेदवारहरूलाई गिजाइरहेका छन् ।

२०७४ सालमा निर्वाचन जितेर संघ,प्रदेशमा मन्त्री बनेका नेता तथा २०७९ सालको निर्वाचनमा चुनाव जितेर सांसद र मन्त्रीको पदमा पुग्दा समेत वर्षौं पुराना र अलपत्र विकास पुरा गर्न नसकेको भन्दै कस्ता उम्मेदवारलाई आगामी निर्वाचन मतदान गर्ने भन्दै जिल्लाका मतदाता नै अन्योलमा छन् ।

करोडौँ खर्च भैसकेको मुडे-चरिकोट सडक अहिले पनि अलपत्र छ। त्यसैगरी राज्यले पटकपटक स्थगित र सुचारु भन्दै हालसम्म करिब १७ करोड बजेट खर्च गरेको फिल्म सिटी आयोजना पनि अलपत्र बन्न पुगेको छ।दोलखाको जिरीमा निर्माण हुने भनिएको जिरी तालको अवस्था पनि उस्तै छ।

केही नेताले आफू सत्तामा हुँदा गरेको लगानी अहिले बालुवामा पानी खनाए जस्तै भएको जिल्लाका आम मतदाता नागरिकले बताउन थालेका छन् । – सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : ५१ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद