फेरि ‘रियल सुपरस्टार’को ट्याग, हिरो पनि स्वीकार्छन् « Khabarhub

फेरि ‘रियल सुपरस्टार’को ट्याग, हिरो पनि स्वीकार्छन्


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेकरहरू आफ्नो फिल्मको हिरोको नामको अगाडि विभिन्न ट्याग दिन कति पनि हिचकिचाउँदैनन् । पारिश्रमिक दिए जस्तै गरी ट्याग दिन्छन् ।

सुपरस्टार, मेघास्टार, एक्सन किङ र एक्सन स्टारलयातका ट्याग पछिल्लो समय हिरोहरूले पाएका छन् । रोचक कुरा– हिरोहरू पनि त्यस्ता ट्यागलाई स्वीकार गर्छन् ।

हिरोहरू यतिसम्म पनि चेत राख्दैनन् कि– यस्ता ट्याग मेकरहरूले दिने होइन, दर्शकले दिने हो ।

डेब्यू निर्देशक राजन भुसालले नायक प्रदीप खड्कालाई सुपरस्टारको ट्याग दिए ।

दोस्रो फिल्म ‘बलिदान’मै नायक समीर भट्टले ‘एक्सन किङ’को ट्याग पाए । समीरलाई ट्याग दिन निर्देशक सन्तोष सेनको हतार नि कस्तो ?

समीर फुल फ्लेज नायक बनेर दर्शकसँग नपुग्दै ‘एक्सन किङ’को ट्याग दिने सन्तोषको सहासलाई दर्शकले कसरी हेरे होलान् ? कतै फिल्मको व्यावार कमजोर बन्नुको एक कारण यही मनोमानी त होइन । समीरले भारी ट्याग पाएकै फिल्म फ्लप भयो ।

अनमोलले मेकरबाटै ‘मेघा स्टार’को ट्याग पाए । फिल्म लगातार फ्लप भएपछि उनी सोही ट्यागबाट सोसल मिडिया बुलिङमा परे । प्राविधिक कमजोरीले कमसल भनेको दृश्य भाइरल भइरहने ‘क्याप्टेन’ फिल्मबाट उनले उक्त ट्याग पाएका हुन् ।

अर्का नायक सुशील श्रेष्ठले ‘एक्सन स्टार’को ट्याग पाएका छन् । जबकि उनको सम्झनलायक एक्सन फिल्म नै छैन ।

यी हिरोहरूलाई दर्शकले ट्याग दिएका होइनन् । मेकहरुले दर्शकको भावना बुझेर ट्याग दिएका पनि होइनन् । उनीहरूको काम प्रकृतिले पनि ती ट्याग भिराउनु उचित देखिँदैनन् ।

खोइ ? मेकरहरू किन हिरोलाई ट्याग दिन यसरी हौसिन्छन् ? उनीहरुलाई प्रश्न गर्‍यो, जवाफमा भन्छन्, ‘मेरो हिरोले यो ट्याग डिजर्भ गर्छ ।’

गत वर्षबाट नेपाली फिल्मले अर्को निर्देशक पायो– चन्द्र पन्त । उनको दोस्रो फिल्म ‘आबाट आमा’ माघ १६ बाट प्रदर्शनमा आउँदैछ । नायक छन्– पल शाह ।

यसको टिजर बुधबार सार्वजनिक भयो । निर्देशक चन्द्रले धैर्य देखाएनन् । उनलाई राम्रो फिल्म दर्शकलाई दिएर लोकप्रियता कमाउनुभन्दा नायकलाई ट्याग दिनै हतार भयो ।

यस फिल्मको टिजरमा पलले ‘रियल सुपरस्टार’को ट्याग पाएका छन् । पल यस्तो हिरो हुन्– जो शीर्ष भूमिकामा एकल रहेको फिल्मले ६ करोडमाथि ग्रस कलेक्सन गरेको छैन । अब उनैलाई ट्याग फेरि ‘रियल सुपरस्टार’को ।

निर्देशक चन्द्रलाई कस्तो हतारो ?

पल फिल्मको ट्रेलर सार्वजनिक भएपछि मात्रै ‘रियल सुपरस्टार’को ट्याग दिएको थाहा पाएको बताउँछन् । तर, ट्यागमा उनको पनि आपत्ति छैन । भन्छन्, ‘मेकरहरूसँग सहमत छु ।’

अब ‘रियल सुपरस्टार’को फिल्मले कति व्यापार गर्ला ? यस्तो गह्रौँ ट्याग पाएपछि फिल्म उकास्नै पर्ने दबाब पललाई होला कि नहोला ?

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ६ : १४ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल