काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गर्दै सर्वसम्मतले पारित गरेको हो ।
समिति सभापति तुलसा कुमारी दाहालले माघ ९ गते बस्ने राष्ट्रिसभामा पेश गर्नेगरि पर्यटन विधेयक पारित गरिएको जानकारी दिइन ।
नयाँ ऐनमा पर्वतारोहण सङ्घको अधिकार कटौती नगरेको तर अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थालाई पनि बाटो खोल्नेगरि विधेयकलाई अघि बढाइएको जानकारी दिइन् ।
पर्यटकीय गतिविधिको प्रवर्धन, पर्यटन उद्योगको व्यवस्थापन तथा नियमन गर्न, पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्न तथा पर्यटन क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न सरकारले उक्त विधेयक ल्याएको थियो ।













प्रतिक्रिया