हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह « Khabarhub

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन सरोकारवालालाई आग्रह गरेको छ । 

यहाँस्थित जिल्लाका पाँचवटै स्थानीय तहमा व्यक्तिगत सुरक्षा प्रयोजनका लागि प्रशासनसँग अनुमति लिएर राखिएका हातहतियार तथा खरखजना बुझाउन जिल्ला प्रशासनले आग्रह गरेको हो ।

फागुनदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मुस्ताङ जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजना यही माघ १५ भित्र जिल्ला प्रहरी कार्यालय तथा नजिकको प्रहरी इकाई समक्ष बुझाउन प्रशासनले सूचित गराएको छ ।
 
निर्वाचन सुरक्षा प्रयोजनार्थ बुझाइएका हातहतियार निर्वाचनका सम्पूर्ण काम सकिएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ७ : २८ बजे

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै