माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा « Khabarhub

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित काभे्रपलाञ्चोकको सांस्कृतिक सहर पनौतीको तीर्थयात्राका लागि साँखुबाट हिँडेका छन् ।

प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका व्रतालु साँखुस्थित शालीनदीबाट पनौती जाने परम्परा छ ।

तृतीयाको बेलुकी पनौती पुगेका व्रतालुले माघशुक्ल चतुर्थीको बिहान त्रिवेणी घाटमा स्नान गरी व्रत पूजा गर्ने विधि छ । स्नान र पूजा सकिएपछि माधवनारायण भगवानलाई लिएर सांस्कृतिक सहर पनौती परिक्रमा गरी चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिन्छ ।

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका व्रतालुले तीर्थयात्रा गरिसकेका छन् ।

पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने गर्छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : ४६ बजे

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज