के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ? « Khabarhub

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले दर्शक र समीक्षक दुवैलाई प्रभावित गरेको छ।

धेरैले त फिल्मको सफलताको मुख्य कारण नै अक्षय खन्नाको परफर्मेन्स भएको बताइरहेका छन्। यही लोकप्रियताको कारण पछिल्लो समय बलिउडका ठूला प्रोजेक्टहरूसँग उनको नाम स्वतः जोडिन थालेको देखिन्छ।

यस्तै चर्चामा परेको फिल्म हो, ‘रेस ४’। ‘रेस’ फ्रेन्चाइजीको नयाँ भागको तयारी चलिरहँदा सामाजिक सञ्जालमा अक्षय खन्ना फेरि ‘रेस ४’ मा देखिने भन्ने हल्ला तीव्र रूपमा फैलियो। ‘रेस’ फ्रेन्चाइजीको अघिल्लो भागमध्ये एकमा अक्षय खन्ना देखिएकाले धेरैले उनलाई ‘रेस ४’ मा पनि देख्न पाइने अनुमान गर्न थालेका छन्।

फिल्मका निर्माता रमेश तौरानी ले हालै दिएको अन्तर्वार्तामा अक्षय खन्नाको ‘रेस ४’ मा कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन्।

यसको कारण ‘रेस’ फ्रेन्चाइजीको कथा संरचनासँग जोडिएको छ। यस सिरिजमा अक्षय खन्नाले निभाएको पात्रको कथा समाप्त भइसकेको छ।

‘रेस’ को कन्सेप्टअनुसार सैफ अली खानको पात्रले हरेक फिल्ममा नयाँ र खतरनाक भिलेनसँग सामना गर्छ। त्यसैले ‘रेस ४’ मा निर्माताहरू नयाँ खलनायकको खोजीमा रहेको निर्माता बताउछन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ९ : ०७ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर