भारत र यूएईबीच ऊर्जा सञ्जाल जोड्न अध्ययन हुने « Khabarhub

भारत र यूएईबीच ऊर्जा सञ्जाल जोड्न अध्ययन हुने


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स यूएईको राज्य सञ्चालित एत्तिहाद जल तथा विद्युत् कम्पनीले यूएई र भारतलाई जोड्ने प्रस्तावित ऊर्जा सञ्जालको फिजबिलिटी अध्ययन गर्ने भएको छ । यसका लागि आशयपत्र माग गरिएको छ ।

एत्तिहादले विज्ञप्ति जारी गर्दै परामर्शदाताहरुलाई जनवरी ३१ सम्म प्राविधिक–आर्थिक अध्ययनको योजना ल्याउन आह्वान गरिएको जनाएको छ । अध्ययनबाट दीर्घकालीन प्राविधिक, आर्थिक र बजार क्षमताबारे सर्वेक्षण हुने अपेक्षा गरिएको छ ।

सर्वेक्षणमा भारत र यूएईबीच प्रत्यक्ष मार्गको सर्वेक्षण, ऊर्जा आदान प्रदानको अवस्था, लागत र लाभको विश्लेषण, ग्रिड प्रभावको मूल्याङ्कजस्ता विषय समेटिने जनाइएको छ । सन् २०२३ मा भारत र यूएईबीच समुद्रमुनी राखिएका तारमार्फत् ग्रिड जडान गर्नेबारे छलफल भएको थियो ।

भारतले अघि सारेको एक सूर्य, एक विश्व र एक ग्रिड कार्यक्रमअन्तर्गत दुई देशबीच ऊर्जा आदान प्रदान हुन लागेको हो ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ६ : ४९ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण