प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन अब १२ दिन बाँकी रहेको छ । निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र दिएको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ ।

अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरेर निर्वाचन क्षेत्रमा पठाइएको छ ।

आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो । त्यसपछि आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र ढुवानी गरेको थियो ।

यस्तै, बागमतिसहित अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री नियमित रूपमा ढुवानी गरिरहेको छ । आयोगले अन्य प्रदेशमा ढुवानीकार्य जारी रहेको जानकारी दिँदै राजधानी काठमाडौंभित्रका मतदान केन्द्रमा पनि केही दिनमा पु¥याइने जनाएको छ ।

आयोगले मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको उल्लेख गरेको छ । निर्वाचनका लागि विभिन्न ५१ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ । मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेण्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । आयोगले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेको थियो ।

यस्तै, गत पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी गत माघ १३ गतेसम्म सम्पन्न गरेको छ । समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ गरेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : २५ बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक