मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण « Khabarhub

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि एकदिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि प्रशिक्षण सुरु हुने जनाएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवका अनुसार प्रशिक्षण सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहामा सञ्चालन हुनेछ । प्रशिक्षण बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ का मतदान अधिकृतका लागि फरक–फरक मितिमा प्रशिक्षण सञ्चालन गरिनेछ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ र २ तथा निर्वाचन क्षेत्र नम्बर ३ र ४ का सहायक मतदान अधिकृतका लागि पनि छुट्टाछुट्टै प्रशिक्षण मिति निर्धारण गरिएको छ । प्रशिक्षण १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

‘तोकिएको मिति र समयमा सम्बन्धित सबै अधिकारी अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ,’ कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । प्रशिक्षणमा मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन, मतदान केन्द्र सञ्चालन, आचारसंहिता पालना, मतगणना प्रक्रिया तथा आकस्मिक अवस्थाको व्यवस्थापन लगायतका विषयमा जानकारी दिइने जनाइएको छ । यस प्रशिक्षणले निर्वाचन कार्यलाई थप प्रभावकारी, मर्यादित र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई समयमै उपस्थित भई प्रशिक्षण सफल बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ७ : ०५ बजे

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी