आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै « Khabarhub

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५ औँ सस्करणको फाइनल खेल आज हुँदैछ ।

पोखरा रङ्गशालामा दिउसो २ः०० बजे हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र सहारा क्लब भिड्दै छन् ।

जावलाखेलले हालसम्म आहा राराको उपाधि चुम्न सकेको छैन । जावलाखेल पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने र सहारा पनि इतिहास दोहोराउने लक्ष्यमा छ । २०७० सालमा पहिलोपटक उपाधि चुमेको सहारा दोस्रो उपाधिका लागि मैदानमा जाँदैछ ।

जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० र सेमिफाइनलमा विदेशी टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।

सहाराले भने प्रिक्वाटरफाइनलमा गोरखा इन्टरनेशलन फुटबल क्लव हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई ६–५ र सेमिफाइनलमा मनाङम स्र्याङ्दी क्लबलाई ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

गत माघ २७ गतेदेखि सुरु भएको २५औँ संस्करणको प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही २५ हजार र ट्रफी पुरस्कार पाउने छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ८ : ३३ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा