तैरिने फोहोर संकलन गर्न बागमतीमा ‘ट्रास बेरियर’ (तस्बिरहरू) « Khabarhub

तैरिने फोहोर संकलन गर्न बागमतीमा ‘ट्रास बेरियर’ (तस्बिरहरू)


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । ६५ लाख रुपैयाँ खर्च गरेर यस्ता बेरियर राखिएको हो ।

गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा ट्रास बेरियर राखिएको छ । गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा र कर्मनासा मिसिने ठाउँ बालकुमारीमा बेरियर जडान गरिएको छ ।

आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिने फोहोर जस्तै– प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरू, फोम लगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट सङ्कलन गर्न सजिलो हुन्छ । परीक्षणको रुपमा यसलाई सुरु गरिएको हो ।

प्रारम्भिक रुपमा प्रभावकारी नै देखिएको उनले बताए । पानीको सतह घटबढ हुँदा बेरियर आफैँ तलमाथि हुन्छ । आगामी बर्खा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरूमा राख्नेबारे तय गरिने नेपालले बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ११ : ०१ बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक