तैरिने फोहोर संकलन गर्न बागमतीमा ‘ट्रास बेरियर’ (तस्बिरहरू) « Khabarhub

तैरिने फोहोर संकलन गर्न बागमतीमा ‘ट्रास बेरियर’ (तस्बिरहरू)


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । ६५ लाख रुपैयाँ खर्च गरेर यस्ता बेरियर राखिएको हो ।

गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा ट्रास बेरियर राखिएको छ । गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा र कर्मनासा मिसिने ठाउँ बालकुमारीमा बेरियर जडान गरिएको छ ।

आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिने फोहोर जस्तै– प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरू, फोम लगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट सङ्कलन गर्न सजिलो हुन्छ । परीक्षणको रुपमा यसलाई सुरु गरिएको हो ।

प्रारम्भिक रुपमा प्रभावकारी नै देखिएको उनले बताए । पानीको सतह घटबढ हुँदा बेरियर आफैँ तलमाथि हुन्छ । आगामी बर्खा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरूमा राख्नेबारे तय गरिने नेपालले बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ११ : ०१ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले