पूर्वी लेबनानमा इजरायली आक्रमण : तीन जना हिजबुल्लाह कमान्डरको मृत्यु « Khabarhub

पूर्वी लेबनानमा इजरायली आक्रमण : तीन जना हिजबुल्लाह कमान्डरको मृत्यु


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी लेबनानमा भएको इजरायली हवाई आक्रमणको श्रृंखलामा लेबनानको हिजबुल्लाह समूहका तीन जना कमान्डरहरूको मृत्यु हुनुका साथै  आठ जना घाइते भएको जनाइएको छ । आक्रमणमा अन्य ३५ जना घाइते भएको   लेबनानी सुरक्षा स्रोतले जनाएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले पूर्वी लेबनानको रियाकमा रहेको भवनमा भएको हवाई आक्रमणमा १० जना भन्दा बढीको मृत्यु भएको र ३० जना भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।

लेबनानी नागरिक रक्षा स्रोतलाई उल्लेख गर्दै सिन्हुवाले मृतकको सङ्ख्या ११ पुगेको तथा ३५ जना घाइते भएको जनाएको छ। स्रोतका अनुसार  बेपत्ता व्यक्तिहरूको खोजीको प्रयास भइरहेको छ ।

सुरक्षा स्रोतहरूलाई उल्लेख गर्दै सिन्हुवाले मृत्यु हुने तीन हिजबुल्लाह कमान्डरहरू मध्ये हुसेन मोहम्मद याघी, अली जाइद अल–मुसावी र मोहम्मद इब्राहिम अल–मुसावी रहेको जनाइको छ ।

हेजबुल्लाहले विज्ञप्ति जारी गर्दै कमान्डर हुसेन मोहम्मद याघीलाई शोक व्यक्त गर्दै  हुसेन “लेबनान र यहाँका जनताको रक्षामा शहीद भएको जनाएको छ । 

लेबनानी सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले इजरायली लडाकु विमानहरूले हिजबुल्लाह साइटहरूसहित पूर्वी लेबनानका क्षेत्रहरूमा छ वटा हवाई आक्रमण गरेको जनाएको छ । 

 सन् २०२४ नोभेम्बर–२७ देखि, हेजबुल्लाह र इजरायल बीच युद्धविराम सम्झौता लागू भएको छ । यस सम्झौताको बावजुद, इजरायली सेनाले कहिलेकाहीँ लेबनानमा आक्रमण गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १२ : ४८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक