हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी « Khabarhub

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा सयौँको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ ।

सुरक्षा सतर्कताका बावजुद गौरका भित्री भेगमा छिटफुट होहल्ला र नाराबाजी भने जारी नै रहेको स्थानीयले जनाएका छन् ।

रमजानको प्रार्थाना चलिरहेका बेला चर्को आवाजमा विवाहको डिजे बजाएको निहुँमा तनाव शुरु भएको थियो । तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालयको पहलमा दुई समुदायका अगुवाबीच शुक्रबार साँझ ६ बुँदे सहमति भएको थियो ।

यद्यपि शनिबार बिहानैदेखि गौरमा फेरि साम्प्रदायिक हिंसा शुरु भएको थियो । हिंसा नियन्त्रणका लागि जिल्ला प्रशासनले दिउँसो एक बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यू आदेश जारी भएका क्षेत्रमा कुनै व्यक्ति आवत–जावत गर्न, भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ३ : २५ बजे

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख