रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले « Khabarhub

रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको आरोप लगाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा मुलुक थप भय र त्रासमय बन्दै गएको जनाएको छ ।

चुनावलाई भयरहित, स्वच्छ र निश्पक्ष वातावरणमा निर्वाचन समपन्न गराउने विषयमा सरकारले शान्ति सुरक्षाको वातावरणलाई भरपर्दो र विश्वासयोग्य बनाउन नसकिरहेको भन्दै एमालेले मुलुकभर कुनै एक अमुक दलले आफ्नो आस्थाको केन्द्र सूर्य अङ्कित झण्डा जलाउने, मूल नेतृत्वप्रति घृणा फैल्याउने कार्यलाई तीव्र पारेको उल्लेख गरेको छ ।

मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्रका रूपमा भएका अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ । यसतर्फ सरकार र सम्बन्धित निकायलाई जवाफदेही र उत्तरदायी बन्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन पनि एमालेले माग गरेको छ ।

देशका लागि जस्तोसुकै बलिदान दिन तयार भएपनि कठिन अवस्थामा समेत धैर्य, संयमताका साथ आफूहरु जनताको घरदैलोमा पुगेको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

फागुन २१ को प्रतिनिधि सभा चुनावलाई आफूहरुले ‘देश बनाउने र जलाउने’ बीचको जनमत सङ्ग्रहको रूपमा लिएको भन्दै एमालेले कथित नयाँको नाममा ‘भोट फर चेन्ज’ को भाष्य बिक्री हुन छोडेपछि अहिले देशैभर अभद्र व्यवहार, सर्वेक्षणको नाममा जनममतलाई प्रभावित पार्नेगरी फेक सर्वेक्षण परिणाम सार्वजनिक गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चुनावी परिणाम आफ्नो पक्षमा आउने सम्भावना नदेखेपछि निर्वाचनलाई प्रभावित पार्ने षड्यन्त्रका स्वरूप देशका विभिन्न भागमा हिंसा भड्‌काउने कामको थालनी भएको एमालेको दाबी छ ।

समुदाय समुदायबीच अन्तरविरोध सिर्जना गर्ने प्रयास गरिएको र यसैको उदाहरण अहिले रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यूको आदेश जारी गरिएको एमालेको दाबी छ । यो घटना स्वच्छ, भयरहित र निर्भिक ढङ्गले मतदान गर्ने अधिकारको सुरक्षित गर्ने कार्यका लागि आम मतदाताका लागि प्रिय हुन नसक्ने एमालेको ठहर छ ।

देशमा शान्ति सुरक्षा, अमनचयन कायम हुन नसकेका कारण चुनाव भयरहित हुनेमा आफूहरु अझै विश्वस्त हुन नसकेको भन्दै एमालेले चुनावका लागि सहज वातावरण निर्माणका लागि सरकारको ध्यानकार्षण गराएको छ ।

चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनाव भाँड्न खोजेको एमालेले आरोप लगाएको छ । चुनाव भाँड्नका लागि देशका विभिन्न जिल्लाहरुमा दलहरूको झण्डा र चुनाव चिन्ह जलाउने अभियान, अशान्ति फैल्याउने काम गरेर रास्वपाले चुनाव भाँड्न खोजेको पुष्टि भएको एमालेले जनाएको छ ।

पछिल्लो समय निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हुँदै आएको भन्दै एमालेले अमूक पार्टी र त्यसका नेतृत्वको तस्विर, चिन्ह अंकित टिसर्टहरु होली पर्वको मौका छोपी वितरण गरिनु त्यसका उदाहरणहरु भएको जनाएको छ । निर्वाचन उल्लंघन कार्यप्रति निर्वाचन आयोगको उदासीनता र शैलीप्रति एमालेले गम्भीर आशङ्का व्यक्त गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ४ : १२ बजे

चुनावी घोषणापत्रका नाममा जनतालाई झुक्याइएको छ : घनश्याम भुसाल

बुटवल– नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी

गोरखामा बसको ठक्करबाट वृद्धाको मृत्यु

गोरखा– गोरखामा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक, मधेश–तराईको सुरक्षा अवस्थाबारे छलफल

काठमाडौं– समसामयिक राष्ट्रिय विषय, समग्र शान्ति सुरक्षा तथा निर्वाचन सुरक्षासँग

थाइल्यान्डको एक पार्कमा घातक भाइरस सङ्क्रमण, दर्जनौँ बाघ मरे

एजेन्सी– पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा