गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक, मधेश–तराईको सुरक्षा अवस्थाबारे छलफल « Khabarhub

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक, मधेश–तराईको सुरक्षा अवस्थाबारे छलफल


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समसामयिक राष्ट्रिय विषय, समग्र शान्ति सुरक्षा तथा निर्वाचन सुरक्षासँग सम्बन्धित मुद्दामा केन्द्रित हुँदै गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ।

गृहमन्त्री एवं केन्द्रीय सुरक्षा समितिका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको छ। 

बैठकमा विशेषगरी मधेश–तराई क्षेत्रमा पछिल्ला दिनमा देखिएको जातीय तथा धार्मिक संवेदनशीलता, साथै निर्वाचनसँग जोडिएका सम्भावित सुरक्षा चुनौतीबारे विस्तृत छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ।

निर्वाचन नजिकिँदै गर्दा सम्भावित जोखिमको आकलन, सुरक्षा रणनीति तथा आवश्यक समन्वयका विषयमा पनि बैठकमा विचारविमर्श भइरहेको बताइएको छ। छलफलपछि आवश्यक निर्णय लिइने मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ५ : ३९ बजे

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट