चुनावी घोषणापत्रका नाममा जनतालाई झुक्याइएको छ : घनश्याम भुसाल « Khabarhub

चुनावी घोषणापत्रका नाममा जनतालाई झुक्याइएको छ : घनश्याम भुसाल


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी घोषणापत्रमार्फत जनतालाई भ्रममा पार्ने काम गर्दै आएको आरोप लगाएका छन्।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक दलहरू सत्तामा पुग्ने उद्देश्यले अव्यावहारिक र असम्भव वाचा गर्दै आएको बताए। 

विगतमा रेल, भ्यूटावर र पानीजहाजजस्ता विषय अघि सारेर जनतालाई ढाँटिएको उल्लेख गर्दै उनले यसपटक आगामी पाँच वर्षभित्र १७-१८ प्रतिशत आर्थिक वृद्धि गर्ने प्रतिबद्धता पनि यथार्थभन्दा टाढा रहेको दाबी गरे।

अघिल्ला वाचाबारे गम्भीर प्रश्न नउठाइएकै कारण उस्तै प्रवृत्ति दोहोरिएको उनको भनाइ थियो। नयाँ प्रतिबद्धता गर्नेभन्दा विगत ४० वर्षदेखि अपनाइएको विकासको बाटोबारे पुनर्विचार गर्न आवश्यक रहेको उनले जोड दिए।

भुसालले आसन्न निर्वाचन नेपाली जनताले चाहेर नभई संवैधानिक र लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको तर्क गरे। 

राजनीतिक दलहरूको कमजोरी र नालायकीपनमाथि गम्भीर समीक्षा गर्दै राष्ट्रिय संकल्प गर्नुपर्ने बेला निर्वाचनमा केन्द्रित हुँदा मूल समस्या ओझेलमा परेको उनको भनाइ छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : ०५ बजे

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख