भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन माग « Khabarhub

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन माग


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारसँग माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमालेले मुलुकमा चुनाव नजिकिँदै गर्दा असुरक्षा र त्रासको वातावरण सिर्जना भएकाले शान्ति सुरक्षा कायम गर्न माग गरिएकौ बताए ।

एमालेले आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सरकारसँग माग गरिएको बताए । विभिन्न स्थानमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अङ्कित झण्डा जलाउने तथा पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने गतिविधि तीव्र बनेको उल्लेख गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको प्रचार विभाग प्रमुख शाहीले बताए ।

निर्वाचन घोषणा भएयता हजारौँ कैदीबन्दी र सुरक्षा निकायका लुटिएका हातहतियार बाहिरै रहेकाले आपाराधिक गतिविधि बढ्न सक्ने भन्दै यसअघि नै सरकारको ध्यानाकर्षण गराइएको थियो । पछिल्लो समय विभिन्न स्थानमा अमुक दलको नारासहित एमाले नेतृत्वविरुद्ध अभद्र व्यवहार तथा झण्डा जलाउने घटना भएको दाबी गर्दै पार्टीले यसलाई चुनावीद्वन्द्व निम्त्याउने षड्यन्त्रको भएको बताएको छ ।

एमालेले रौतहटको गौरमा जारी अनिश्चितकालीन कफ्र्यूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पार्टीले यसले मतदाताको निर्भिक मतदान अधिकार प्रभावित हुने जनाएको छ । होली पर्वको अवसरमा अमुक पार्टी र त्यसका नेताको तस्बिर तथा चिह्न अङ्कित टिसर्ट वितरण गरिएको घटनालाई एमालेले आचारसंहिता उल्लङ्नको उदाहरणका रूपमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ८ : ३१ बजे

के सबै पुरुष ‘बलत्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ