एपिएफले जित्यो राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि « Khabarhub

एपिएफले जित्यो राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्लाको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरीको (एपिएफ)ले उपाधि जितेको छ ।

आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरी एपिएफबीच भएको फाइनल खेलमा २–१ गोल अन्तरले एपिएफले उपाधि जितेको हो । एपिएफका तर्फबाट गीत रानाले एक र रेनुका नगरकोटीले एक गोल गर्दै आर्मीविरुद्ध जित हासिल गरेको आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

आर्मीको तर्फबाट जेनीफर राणाले एक गोल गरेकी थिइन् । फाइनलमा महिला राष्ट्रिय फुबटल प्रतियोगितामा प्रथम हुने एपिएफले रु सात लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको त्रिभुवन आर्मीलाई रु पाँच लाख पुरस्कार प्रदान गरिएको एन्फा महासचिव किरण राईले बताएका छन् ।

आजको खेलको प्ले अफ दी म्याच एपिएफकी गीता रानालाई घोषणा गरिएको छ । उनले रु सात हजार प्राप्त गरेकी छिन् । खेल अवधिभरिमा बढी गोल गर्ने एपिएफकी रश्मीकुमारी घिसिङलाई रु ५० हजार पुरस्कार प्रदान गरिएको आयोजक एन्फाले जनाएको छ ।

खेल अवधिभरि उत्कृष्ट समूहमा नेपाल प्रहरी घोषित भएको छ । प्रहरीको टिमलाई रु ५० हजार नगद पुरस्कार वितरण गरिएको आयोजकले बताएको छ । खेल अवधिभरिको बेस्ट गोलकिपर एपिएफकी अञ्जना राना मगरलाई र खेलभरिका महत्वपूर्ण खेलडी आर्मीकी दीपा शाहीलाई घोषणा गरिएको भन्दै दुवैलाई जनही रु ५० हजार प्रदान गरिएको एन्फा महासचिव किरण राईले बताएका छन् ।

प्रथम, दोस्रो हुने टिम र खेलभरि विभिन्न उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीलाई त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, एन्फाका महासचिव राई र नेपाली सेना १८ नं बाहिनी प्रमुख बिमल बस्नेतले पुस्कार वितरण गर्नुभएको आयोजक एन्फा र सहआयोजक जिल्ला फुटबल सङ्घ उदयपुरले जनाएको छ ।

यही फागुन १ गतेदेखि सुरु भई आजसम्म सञ्चालन भएको राष्ट्रिय महिला फुबटल प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । खेल नकाउटको आधारमा सञ्चालन गरिएको आयोजकले बताएको छ ।

नेपालमा पहिलोपटक उदयपुरमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिता गाईघाटस्थित थरुहट रङ्गशाला खेलमैदानमा भएको थियो । आर्थिक सहयोग फिफा रहेको थियो भने रमपम चाउचाउको प्रायोजनमा खेल सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ८ : ५७ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व