लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा « Khabarhub

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनका सात जना चालकलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँको नागढुङ्गामा गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुधौषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा सात जना चालक फेला पारी नियन्त्रणमा लिएको हो ।”

नियन्त्रणमा लिइएकाहरूमा यात्रुवाहक हाइस चालक तीन जना, यात्रुवाहक बस चालक दुई जना, ट्रक चालक एक जना र पिकअप भ्यान चालक एक जना रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १० : १९ बजे

के सबै पुरुष ‘बलत्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ