समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें « Khabarhub

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी व्यवस्थाले मात्रै वर्तमान समस्या समाधान गर्न सक्ने धारणा राखेका छन् ।

ख्वपः मावि, ख्वपः कलेज, शारदा क्याम्पस मावि र ख्वपः कलेज अफलमा कार्यरत शिक्षक तथा कर्मचारीबीच ‘ख्वपःको शैक्षिक यात्रा’ विषयक आज आयोजित कार्यक्रममा उनले विश्वमा शान्ति कायम गर्न पनि समाजवाद आवश्यक पर्ने बताए ।

ख्वपः विश्व विद्यालय भक्तपुरको मात्रै आवश्यकता नभई देशको आवश्यकता रहेको बताउँदै अध्यक्ष बिजुक्छेंले ख्वपः विश्वविद्यालयले दिने शिक्षा उत्पादन र श्रमसँग जोड्नुपर्ने उल्लेख गरे । ख्वपः विश्वविद्यालयले नेपाल सरकारबाट कुनै पनि आर्थिक अनुदानको अपेक्षा नगरेको बताउँदै उहाँले आधुनिक चिकित्सकीय शिक्षालगायत कृत्रिम बौद्धिकता, आयुर्वेद, जडीबुटी, वैकल्पिक चिकित्सा शिक्षालाई जोड दिएर दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी दिए ।

सुसंस्कृत समाज निर्माणका लागि विद्यालय शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने, विश्वविद्यालय शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था जरूरी रहेको भन्दै नेमकिपाका अध्यक्ष बिजुक्छेंले शिक्षाको मुख्य उद्देश्य देशलाई आवश्यक जनशक्ति तयार गर्ने हुनुपर्नेमा जोड दिए ।

उनले भने, “विश्वविद्यालयलाई समाज बुद्धिजीवीकरण अभियानको अगुवाइ गराउने नीति बनाउनु उपयुक्त हुन्छ । नेपालको वन, खनिज, जलस्रोतको अध्ययन र अनुसन्धान, रैथाने ज्ञानको संरक्षण तथा प्रवर्द्धनलगायत काम विश्वविद्यालयतहमा गराउँदा मुलुक विकासमा अघि बढ्ने भएकाले समृद्धि हासिल हुनेछ ।” शिक्षालाई जीवन उपयोगी सीपसँग जोड्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १० : ५४ बजे

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने