विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित « Khabarhub

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमबाट २७ हजार ८३९ बिरामीले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०८२–८३ को साउनदेखि चैत मसान्तसम्ममा २७ हजार ८३९ बिरामी प्रत्यक्ष लाभान्वित भएका हुन् ।

ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरिएको उक्त कार्यक्रमबाट सो अवधिमा २० हजार ८७५ महिला र ६ हजार ९६४ जना पुरुषले निःशुल्क विशेषज्ञ सेवा लिएको कार्यक्रमका स्रोतव्यक्ति कृष्ण बोहराले जानकारी दिए ।

उनका अनुसार सो कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको हो । सो अवधिमा १६ हजार ९०० जनाले जनरल फिजिसियनबाट, तीन हजार ७१५ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र सात हजार २२४ जनाले आँखारोगसम्बन्धी सेवा लिएका छन् ।

उनका अनुसार क्लिनिकमा १८ हजार १६ जनाले प्रयोगशाला सेवा, तीन हजार ८७ जनाले इसिजी सेवा, तीन हजार ४९८ गर्भवतीले सेवा लिएकामा एक हजार ३०६ जनाले अल्ट्रासाउन्ड सेवा लिएका छन् । यस्तै ७० वर्षभन्दा माथिका ६ हजार ४६२ जनाले सेवा लिएका छन् ।

२०७९ सालको साउनबाट सुरु गरिएको सो कार्यक्रम हरेक महिना १९ वटै वडामा सञ्चालन गर्ने गरिएको बोहराले बताए । आव २०८१–८२ मा उक्त कार्यक्रमबाट ३३ हजार १४१ महिला र ११ हजार ३१० पुरुष गरी ४४ हजार ४५१ जनाले सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : २८ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले