अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो « Khabarhub

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल शर्मा शो’को जज बनेकी अर्चना पुरन सिंहले अभिनयबारेको असन्तुष्टि खुलाएकी छन् ।

कपिलको शोले आफ्नो अभिनय करिअरलाई प्रभावित बनाएको उनले अभिव्यक्ति दिएकी छन् । अहिले मेकरहरूले आफूलाई कामको प्रस्ताव नै नगर्ने अवस्था आएको उनले बताएकी छन् ।

यस शोका कारण आफूले थुप्रै फिल्महरू छोड्न परेको समेत उनको दाबी छ ।

अर्चनाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘वर्षमा भन्दै १०० एपिसोड खिच्नुपथ्र्यो । यसका लागि मैले फिल्मको काम गर्न भ्याइनँ । पहिला प्रस्ताव आउँदा अस्वीकार गरेँ । अहिले प्रस्ताव नै आउन छाडे ।’

उनी चारदशक देखि बलिउडमा सक्रिय छन् । तर, पछिल्लो समय मेकरहरूले नै शो जजका रुपमा चिन्दा उनी सन्तुष्ट छैनन् ।

उनी भन्छिन्, ‘मैले मेकरहरूलाई नै नायिका हुँ भनेर चिनाउन सकेको छैन । उनीहरूलाई मेरो काम सोफामा बसेर हाँस्ने मात्रै हो जस्तो लाग्छ ।’

अहिले अर्चना कपिलको ‘द ग्रेट इन्डियन कपिल शो’को जज मध्येको एक हुन् ।

१०० भन्दा बढी फिल्ममा अभिनय गरेकी उनको प्राइम समय सन् १९९० को दशक हो । सन् २००० को दशकका पनि उनी सक्रिय थिइन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १२ : ५२ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको