विजय र सनिशाले सके ‘जिरो डिग्री’को सुटिङ, कहिले प्रदर्शन ? « Khabarhub

विजय र सनिशाले सके ‘जिरो डिग्री’को सुटिङ, कहिले प्रदर्शन ?


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म ‘जिरो डिग्री’को छायाङ्कन सकेका छन् ।

डार्क कमेडी जनरामा बनेको यस फिल्मको छायाङ्कन सोमबार सकिएको हो ।

निर्देशक मध्येका एक आकास बरालका अनुसार तालिकाभन्दा दुई दिन बढी लगाएर छायाङ्कन गरिएको हो ।

उनले भने, ‘पानी परेर तालिका हेरफेर भयो । ३५ दिनमा सुटिङ सक्ने भनेको ३७ दिन लाग्यो ।’

यो फिल्मको छायाङ्कन पोखरामा गरिएको हो । साजन काफ्ले र बरालको संयुक्त लेखन–निर्देशनमा यो फिल्म बन्दैछ ।

सडक सञ्जाल नपुगेको गाउँमा बुवा आमाको शव सुरक्षित राख्न ‘डिप फ्रिज’ लैजाँदाका उथलपुथलको घटनामा यस फिल्म बन्ने बताइएको छ ।

फिल्मको छायाङ्कन पूरा भए पनि निर्माण पक्षले प्रदर्शन मिति तय गरेको छैन । निर्देशक बरालले फिल्म दशैँअघि नै प्रदर्शनमा आउने खुलाए ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : ०२ बजे

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क