विजय र सनिशाले सके ‘जिरो डिग्री’को सुटिङ, कहिले प्रदर्शन ? « Khabarhub

विजय र सनिशाले सके ‘जिरो डिग्री’को सुटिङ, कहिले प्रदर्शन ?


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म ‘जिरो डिग्री’को छायाङ्कन सकेका छन् ।

डार्क कमेडी जनरामा बनेको यस फिल्मको छायाङ्कन सोमबार सकिएको हो ।

निर्देशक मध्येका एक आकास बरालका अनुसार तालिकाभन्दा दुई दिन बढी लगाएर छायाङ्कन गरिएको हो ।

उनले भने, ‘पानी परेर तालिका हेरफेर भयो । ३५ दिनमा सुटिङ सक्ने भनेको ३७ दिन लाग्यो ।’

यो फिल्मको छायाङ्कन पोखरामा गरिएको हो । साजन काफ्ले र बरालको संयुक्त लेखन–निर्देशनमा यो फिल्म बन्दैछ ।

सडक सञ्जाल नपुगेको गाउँमा बुवा आमाको शव सुरक्षित राख्न ‘डिप फ्रिज’ लैजाँदाका उथलपुथलको घटनामा यस फिल्म बन्ने बताइएको छ ।

फिल्मको छायाङ्कन पूरा भए पनि निर्माण पक्षले प्रदर्शन मिति तय गरेको छैन । निर्देशक बरालले फिल्म दशैँअघि नै प्रदर्शनमा आउने खुलाए ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : ०२ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग