एमालेले माग्यो गृहमन्त्री गुरूङको राजीनामा, छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउन माग « Khabarhub

एमालेले माग्यो गृहमन्त्री गुरूङको राजीनामा, छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउन माग


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विवादित व्यवसायी दीपक भट्टसँग जोडिएका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।

गुरुङ जोडिएको पछिल्लो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरेको एमालेले गृहमन्त्रीबाट राजीनामा मागेको हो।

एमालेले सबै विषयहरूको छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन पनि सरकारलाई आग्रह गरेको हो।

प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमालेले विधिको शासन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै सार्वजनिक पदाधिकारीसँग सम्बन्धित विषयहरू पारदर्शी, विश्वसनीय र निष्पक्ष ढंगले कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

पार्टीले प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासको हिस्सा भएको भन्दै सुशासन, जवाफदेहिता र उत्तरदायित्वलाई संस्थागत गर्न आवश्यक रहेको उनले बताएका छन् ।

उनले गृहमन्त्री गुरुङसँग सम्बन्धित विषयहरूले केवल आशंका मात्रै नभई विगतका सम्भावित अनियमितता र विसंगतिहरू उजागर गर्न सक्ने संकेत देखिएको उल्लेख गरेका छन् ।

एमालेले कुनै पनि अनुसन्धान शक्ति वा प्रभावबाट मुक्त हुनुपर्ने भन्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयमा गहिरो छानबिन गर्न आग्रह गरेको छ। एमालेले गृहमन्त्री स्वयमले अनुसन्धान प्रक्रियालाई सहज बनाउन मार्गप्रशस्त गर्नुपर्ने पनि माग गरेको छ।

एमालले दण्डहीनताको अन्त्य र पारदर्शी शासन प्रणालीप्रति आफ्नो प्रतिबद्धता कायम रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ४ : ४९ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा