युद्धविराम लम्बिँदैन : ट्रम्प « Khabarhub

युद्धविराम लम्बिँदैन : ट्रम्प


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम नलम्बिने प्रष्ट पारेका छन् । सीएनबीसीसँगको अन्तर्वार्तामा उनले दुई साता लामो युद्धविरामको समय थप नहुने बताएका हुन् । इरान र अमेरिकाबीच कायम युद्धविरामको मिति बुधबार सकिँदैछ ।

इरानसँग शान्ति वार्ताका लागि धेरै समय नभएको उनको भनाइ छ । अमेरिका अहिले बलियो स्थितिमा रहेकोले इरानसँग राम्रो सम्झौता हुने ट्रम्पले दाबी गरे ।

छिट्टै सम्झौता नभएमा अमेरिकाले पुनः आक्रमण सुरु गर्ने चेतावनी दिएको छ । ट्रम्पका अनुसार अमेरिकी सेना आक्रमणका लागि पूर्ण रूपमा तयार छ।

पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको शान्ति वार्ता अझै अनिश्चित छ । समाचार संस्था रोयटर्सका अनुसार एक जना वरिष्ठ इरानी अधिकारीले वार्तामा सहभागी हुनेबारे विचार भइरहेको बताए पनि अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : १७ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा