युद्धविराम लम्बिँदैन : ट्रम्प « Khabarhub

युद्धविराम लम्बिँदैन : ट्रम्प


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम नलम्बिने प्रष्ट पारेका छन् । सीएनबीसीसँगको अन्तर्वार्तामा उनले दुई साता लामो युद्धविरामको समय थप नहुने बताएका हुन् । इरान र अमेरिकाबीच कायम युद्धविरामको मिति बुधबार सकिँदैछ ।

इरानसँग शान्ति वार्ताका लागि धेरै समय नभएको उनको भनाइ छ । अमेरिका अहिले बलियो स्थितिमा रहेकोले इरानसँग राम्रो सम्झौता हुने ट्रम्पले दाबी गरे ।

छिट्टै सम्झौता नभएमा अमेरिकाले पुनः आक्रमण सुरु गर्ने चेतावनी दिएको छ । ट्रम्पका अनुसार अमेरिकी सेना आक्रमणका लागि पूर्ण रूपमा तयार छ।

पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको शान्ति वार्ता अझै अनिश्चित छ । समाचार संस्था रोयटर्सका अनुसार एक जना वरिष्ठ इरानी अधिकारीले वार्तामा सहभागी हुनेबारे विचार भइरहेको बताए पनि अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : १७ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका