यूएईविरुद्धको खेलमा कुशल बने प्लेयर अफ द म्याच « Khabarhub

यूएईविरुद्धको खेलमा कुशल बने प्लेयर अफ द म्याच


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलमा नेपालका कुशल भुर्तेल प्लेयर अफ द म्याच बनेका छन् । उनले यूएईविरुद्ध शानदार अर्धशतक प्रहार गरेका थिए । ५७ बलको सामना गरेका भुर्तेलले १२ चौका र २ छककासहित ८२ रन बनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । योसँग नेपालले टिट्वान्टी सिरिज बराबरी गरेको थियो।

१२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.५ ओभरमा लक्ष्य भेट्टायो । कप्तान दिपेन्द्र सिंह ऐरीले २३ कुशल मल्लले १९ बनाए । आजको खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेका सन्तोष यादव एक रनमा आउट भए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन राख्दै केबल ६ रन खर्चिए ।नेपालका हेमन्त धामीले दुई तथा नन्दन यादव र शाहब आलमले समान एक विकेट लिए ।

यूएईका अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । मुहम्मद अरफानले ३२ र अदीम उस्मानीले ३० रन बनाए ।

यसअघि सोमबार भएको खेलमा नेपालले यूएईसँग ६ विकेटले हार व्यहोरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : ५५ बजे

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले