विश्वकप लिग-२ : घरेलु मैदानको अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल « Khabarhub

विश्वकप लिग-२ : घरेलु मैदानको अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा शुक्रबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । लिग–२ (२०२३–२०२७) को शृङ्खला अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले शुक्रबार शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

समान २७ खेल खेले पनि नेपाल पाँचौं स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा छ । अमेरिकाले २७ खेल खेल्दा १९ जित निकाल्दै ३८ अंक जोडेको छ । समान खेल खेलेको नेपालले भने १० मात्र जित निकालेर १५ हारको सामना गरेको नेपाल २२ अंकसहित पाँचौं स्थानमा सीमित छ । विश्वकप छनोटमा पर्न र एकदिवसीय मान्यता जोगाउन नेपालले अब बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । अमेरिका भने शीर्ष स्थानमामा रहँदै उपाधि उचाल्ने दाउमा छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमै भएको अघिल्लो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर तीन बलमा मात्र एक विकेटको क्षतिमा १९९ रन बनाउँदै नौ विकेटको सानदार जित निकालेको हो । अघिल्लो खेलको महत्त्वपूर्ण जितले नेपालको मनोबल उच्च बनाएको छ । अमेरिका भने नेपाललाई घरेलु मैदानमा बदला लिन चाहन्छ ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाका चार खेलमध्ये दुई जित निकाल्दा नेपालले एउटामा हारको सामना गरेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई नै ६ विकेटले हराएको हो।

शुक्रबारको खेलमा अमेरिकालाई हराउँदै नेपाल घरेलु मैदानमा जारी शृङ्खलालाई सुखद् बनाउन चाहन्छ । अघिल्लो खेलमा नमिठो हारको सामना गरेको अमेरिका भने बदला लिन चाहन्छ । अमेरिका र नेपालबीचको यो महत्त्वपूर्ण खेल शुक्रबार बिहान ९ः३० बजे कीर्तिपुरमा सुरु हुनेछ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ११ : ०० बजे

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६