बेलौरीमा अतिक्रमित संरचना हटाइयो « Khabarhub

बेलौरीमा अतिक्रमित संरचना हटाइयो


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण बनाइएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ ।

नगरपालिकाले वडा नं. ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचनाहरू हटाइने भएका हुन । नगरपालिकाले अनधिकृत संरचना हटाउनका लागि सात दिने समयसीमा दिएको छ ।

नगरपालिकाका अनुसार रिच्छाहा (साविक श्रीपुर गाविस–३) स्थित सिट नं. ०२६०८७१, कित्ता नं. २४१ को सरकारी तथा सार्वजनिक लगतमा रहेको मन्दिरको जग्गा स्थानीयले जबरजस्ती भोगचलन गर्दै भौतिक संरचना निर्माण गरिरहेको उजुरी परेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाएको थियो ।

सो विवादका सम्बन्धमा नगरपालिकाको न्यायिक समितिले २०८२ पुस १६ गते नै स्थलगत अनुगमन तथा प्राविधिक नापजाँच र रेखाङ्कन गरी मन्दिरको जग्गा अतिक्रमण भएको पुष्टि गरेको थियो । त्यसैगरी, २०८२ चैत २३ गते बसेको नगर कार्यपालिकाको बैठकले समेत अतिक्रमित जग्गा खाली गराउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, ‘अतिक्रमणकारी पक्षसँग पटक–पटक मौखिक भेटवार्ता र परामर्श गर्दा समेत संरचना हटाउन आलटाल गरिएको र मन्दिर व्यवस्थापन समितिले घेराबार गर्न लागेको काममा समेत बाधा व्यवधान खडा गरी क्षति पुर्‍याएको पाइएकाले यो कदम चालिएको हो ।’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले सार्वजनिक र धार्मिक क्षेत्रको जग्गा संरक्षण गर्ने स्पष्ट अधिकार तथा दायित्व स्थानीय तहलाई सुम्पिएको स्मरण गराउँदै नगरपालिकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निर्माणाधीन भौतिक संरचनाहरू आफ्नै खर्चमा हटाइ जग्गा खाली गर्न निर्देशन दिएको छ ।

तोकिएको म्यादभित्र संरचना नहटाइएमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र स्थानीय सुरक्षा निकायको सहयोगमा नगरपालिका आफैँले ती संरचनाहरू भत्काउने चेतावनी दिएको छ । 

त्यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च र भएको क्षतिसमेत सम्बन्धित व्यक्तिबाटै सरकारी बाँकी सरह असुलउपर गरिने ब्यहोरा सूचनामा उल्लेख छ । 
 

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ११ : ४४ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग