मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’ « Khabarhub

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही माघ ८ गतेदेखि दर्शकमाझ आउने भएको छ । 

अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनीत सो चलचित्रले विशेषगरी नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढङ्गबाट समेट्न प्रयास गरेको निर्माता पक्षको भनाइ छ ।

सो चलचित्र प्रदर्शन हुनुअघि आज यहाँ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अभिनेता राईले नेपालको सामाजिक परिवेश र संस्कृतिलाई झल्काउँदै मनोरञ्जन दिन चलचित्र ‘मितज्यु’ सफल हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो चलचित्र हाम्रो मित लगाउने संस्कृतिलाई लिएर सामाजिक कथामा तयार गरिएको हो । यसले मनोरञ्जनसँगै हाम्रो संस्कृतिलाई बुझ्ने मौका दिन्छ । नेपालमा विभिन्न संस्कृति छन्, नयाँ पुस्तामा ती संस्कृति विस्तारै कम भएको पाइन्छ, चलचित्रका माध्यमबाट हाम्रा सामाजिक मूल्यमान्यता र संस्कृतिलाई पुस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

यसैगरी अभिनेता मल्लले ग्रामीण परिवेशमा मितको सम्बन्ध विशेष रहेको चर्चा गर्दै चलचित्र ‘मितज्यू’ मा भने दुई मितबीचको झगडा र त्यसको परिणामलाई रोचक ढङ्गले प्रस्तुत गरिएको जानकारी दिए ।

‘यो चलचित्र फरक छ, हाम्रो मितेरी साइनोको पृष्ठभूमिमा एउटा राम्रो कथा भनिएको छ । हामीले गर्ने कामले मनोरन्जनसँगै थोरै सामाजिक दायित्व निर्वाह गरोस् भन्ने छ, यो चलचित्रमा ती दुवै पक्ष समेटिएका छन्’, अभिनेता मल्लले भने ।     

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १ : ५३ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण