सेन्सर बोर्डको नामबाट ‘सेन्सर’ गायब « Khabarhub

सेन्सर बोर्डको नामबाट ‘सेन्सर’ गायब


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समितिको नाममा केही हेरफेर भएको छ । यसको अंग्रेजी नाम परिवर्तन गरिएको हो ।

सेन्सर बोर्डमा मनोज पण्डित नियुक्त भएपछि नाम परिवर्तन भएको हो ।

अब ‘केन्द्रीय चलचित्र जाँच समिति’को अंग्रेजी नाम ‘सेन्ट्रल फिल्म एक्नामिनेसन कमिटी’ राखिएको छ । पहिला अंग्रेजी नाम ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ थियो ।

दुई फिल्मलाई नयाँ नामको प्रदर्शन अनुमति पत्र प्रदान गरिएको छ ।

प्रदर्शन अनुमति पाउने एक फिल्म ‘मितज्यू’का निर्देशक अनिल मगरले अहिले केन्द्रीय चलचित्र जाँच समितिमा पमाणपत्र पाउने प्रक्रिया सहज भएको अनभुव सेयर गरेका छन् ।

उनले विगत सम्झदै लेखेका छन्, ‘सबै परिवार बसेर हेर्न मिल्ने फिल्म होु भन्दै सेन्सरले हाम्रो चलचित्र ‘मितज्यू’लाई यू साइनो दिनुभयो । यो प्रमाण पत्र पाउन ‘घरज्वाइँ’ चलचित्रको समय रुनु परेको थियो । यो पटक निकै सहज भयो । चलचित्र जाँच समिति अर्थात सेन्सरले बल्ल चलचित्रकर्मीको दुःख बझ्न थाल्नुभएछ ।’

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  २ : २९ बजे

आशिका तामाङद्वारा बानी व्यहोरा सुधार्ने घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो

विपद् प्रभावितलाई सहयोग गर्न आह्वान

कास्की– अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा