साफ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ « Khabarhub

साफ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।  

बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच खेलकुदमन्त्री सस्मित पोखरेल लगायत एन्फा पदाधिकारीहरूले साफ खेल्ने राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका हुन् । 

भारतको गोवामा मे २६ देखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा समेत भइसकेको छ । 

बिदाइ कार्यक्रममा खेलकुदमन्त्री पोखरेलले उच्च मनोबलका साथ मैदानमा उत्रन नेपाली टोलीलाई सुझाव दिए । नेपाली महिला टोलीले पछिल्लो समय देखाएको प्रदर्शन निकै उत्कृष्ट रहेको भन्दै आगामी दिनमा पनि टीमले धेरै राम्रो गर्ने उनको विश्वास छ ।

च्याम्पियनसिपमा नेपाल समूह ए मा छ । यस समूहमा नेपालसँगै भुटान र श्रीलंका छन् । नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने श्रीलंकासँग मे ३१ मा समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ । 
 

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ३ : ०५ बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।