अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो ‘डिजिटल टाइम कार्ड’ « Khabarhub

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो ‘डिजिटल टाइम कार्ड’


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ ।

बिहीबार विभागमा आयोजित एक कार्यक्रमकाबीच विभागले डिजिटल टाइम कार्ड शुभारम्भ गरेको हो । 

डिजिटल टाइम कार्ड कार्यान्वयन आएसँगै आवेदनको रियलटाइममा जाँच गर्न सकिने, हरेक चरणको तत्काल सूचना प्राप्त हुने र डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्न सकिने लगायत फाइदा सेवाग्राहीलाई हुने विभागले जनाएको छ । 

त्यस्तै कार्यालयतर्फ विभागमा जिम्मेवारी र जबाफदेहिता थप सुदृढ हुने, तथ्याङ्क–आधारित कार्यसम्पादन मूल्याङ्कनका लागि आधार तयार हुने सेवा प्रवाहमा गति र दक्षता वृद्धिका साथै नागरिक विश्वास र पारदर्शिताको प्रवर्द्धन हुने विश्वास रहेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए  । 

उनले विभागको कार्यलाई छिटो छरितो बनाउन सबै कामलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिसकेको बताएका हुन् । 

टिकट र भिसा भएका व्यक्तिलाई विमानस्थलबाट फर्काइने आफ्नै पैसामा पठाउने व्यवस्था समेत आफूले गरेको उनले बताए । 

सरकारको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर २३ मा सम्पूर्ण सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङयोग्य र पारदर्शी बनाउने योजना अनुसार विभागले काम गरिरहेको महानिर्देशक तिवारीले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ४ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको