गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा « Khabarhub

गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाकी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठले आफ्नै कीर्तिमानलाई थप उचाइमा पुर्‍याउँदै छैटौँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् ।

‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सफलतापूर्वक सगरमाथाको शिखरमा पुगेकी हुन् । यससँगै श्रेष्ठ नेपाली महिला आरोहीमध्ये धेरै पटक सगरमाथा आरोहण गर्नेमध्ये एक बनिन्।

श्रेष्ठले यसअघि पनि एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी थिइन् । उनले सन् २०२४ को मे महिनामा १३ दिनभित्र तीन पटक सगरमाथा आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिइन् ।

उनले सन् २०२४ मे १२, मे १९ र मे २५ मा लगातार तीन पटक सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन् ।

फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ गोरखा जिल्लाको आरुघाट गाउँपालिका–आरुटार निवासी हुन्। उनको पछिल्लो सफलता नेपाली पर्वतारोहण क्षेत्रका लागि अर्को प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ५ : ११ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार