अख्तियारको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले माग्यो फार्मेसी कर्मचारीको विवरण « Khabarhub

अख्तियारको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले माग्यो फार्मेसी कर्मचारीको विवरण


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले आफ्ना मातहतका विभिन्न विभाग, अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालाहरूलाई फार्मेसी समूहमा कार्यरत कर्मचारीहरूको विस्तृत विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको पत्रपछि मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो । आयोगले गत वैशाख २५ गते च.नं.५१५०९ मार्फत फार्मेसी समूह अन्तर्गत कार्यरत कर्मचारीहरूको विवरण माग गरेको जनाएको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले पाँचौँ र सातौँ तहमा कार्यरत कर्मचारीहरूको नाम, सम्पर्क नम्बर, सम्बन्धित पदमा नियुक्ति भएको मिति तथा शैक्षिक योग्यतासहितको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन निर्देशन दिएको छ । साथै उक्त विवरणको ‘सफ्ट कपी’ मन्त्रालयको आधिकारिक इमेलमा पठाउन समेत भनिएको छ ।

मन्त्रालयले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा विवरण बुझाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । यस सम्बन्धमा देशभरका प्रमुख स्वास्थ्य संस्थाहरूलाई परिपत्र गरिएको छ । पत्र पठाइएका निकायहरूमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत रहेका छन् ।

त्यसैगरी स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित उपत्यकाबाहिरका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, कोशी अस्पताल र डडेल्धुरा अस्पताल लाई समेत पत्र पठाइएको छ ।

मन्त्रालयका शाखा अधिकृत डुरदेवं बरालद्वारा हस्ताक्षरित पत्रको बोधार्थ सूचना प्रविधि शाखालाई समेत दिइएको छ। साथै उक्त सूचना मन्त्रालयको वेबसाइटमा अपलोड गर्न निर्देशन गरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ५ : ०० बजे

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा