अमेरिकाको कडा नियमले इरानी फुटबल टोली मर्कामा, फिफामा उजुरी गर्ने तयारी « Khabarhub

अमेरिकाको कडा नियमले इरानी फुटबल टोली मर्कामा, फिफामा उजुरी गर्ने तयारी


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – विश्वकपको सह-आयोजक राष्ट्र अमेरिकाले इरानी फुटबल टोलीमाथि लगाएको कडा यात्रा प्रतिबन्ध हटाउन अस्वीकार गरेको छ । इरानले यसबारे विश्व फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी दिने चेतावनी दिए पनि अमेरिकाले आफ्नो निर्णय परिवर्तन नगर्ने स्पष्ट पारेको हो ।

विश्वकपका लागि ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू जुलियानीले रोयटर्ससँग कुरा गर्दै इरानी टोलीको यात्रा व्यवस्थाबारे मूल्याङ्कन भइरहे पनि हालका लागि पुरानै नियम कायम रहने शनिबार पुष्टि गरेका छन् ।

नयाँ नियमअनुसार इरानी टोली खेल हुनुभन्दा २४ घण्टा अघि मात्रै खेलस्थल (लस एन्जलस र सियाटल) प्रवेश गर्न पाउनेछन् र खेल सकिएलगत्तै मेक्सिकोको टिजुआनामा रहेको आफ्नो प्रशिक्षण क्याम्पमा फर्कनुपर्नेछ । यस प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै इरानका मुख्य प्रशिक्षक अमिर घालेनोइले आफ्नो टोलीलाई “विश्वकपकै सबैभन्दा उत्पीडित टोली” को संज्ञा दिएका छन् ।

यसअघि, समूह ‘जी’ अन्तर्गत न्युजिल्यान्डविरुद्धको पहिलो खेल सकिएको केही घण्टाभित्रै इरानी टोली अमेरिका छोड्न बाध्य भएको थियो । खेल राति ८ बजे सकिएको थियो र खेलाडीहरूले होटलमा आराम गर्ने समय समेत नपाई मेक्सिको फर्कनु परेको थियो । प्रशिक्षक घालेनोइले खेलाडीको शारीरिक रिकभरीका लागि कम्तीमा एक रात क्यालिफोर्नियामा बस्न पाउनुपर्ने माग गरेका थिए । अमेरिकाको यस्तो भिसा नीतिको चौतर्फी आलोचना भइरहेको छ ।

यसैबीच, पहिलो खेलपछि इरानी विङ्गर मेहदी तोराबीको प्रवेश भिसा समाप्त भएपछि विवाद झन् चर्किएको थियो । तर, मंगलबार अमेरिकी विदेश मन्त्रालयले यो समस्या समाधान भएको र तोराबीलाई आगामी खेलहरूका लागि ‘मल्टिपल-इन्ट्री’ भिसा जारी गरिएको जनाएको छ ।

आइतबार बेल्जियमविरुद्ध हुने दोस्रो खेलमा पनि इरानी टोलीका लागि यही कडा नियम लागू हुनेछ । इरानी टोली खेल सुरु हुनुभन्दा ठीक २४ घण्टा अगाडि अर्थात् शनिबार साँझ मात्रै लस एन्जलस आइपुग्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : ३१ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक