जापानको सानदार प्रदर्शन : पहिलो हाफमा ट्युनिसियामाथि दुई गोलको अग्रता « Khabarhub

जापानको सानदार प्रदर्शन : पहिलो हाफमा ट्युनिसियामाथि दुई गोलको अग्रता


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि पहिलो हाफमा २-० अग्रता बनाएको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा र आयुसे उएडाले गोल गरे ।

खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उएडाले उत्कृष्ट ‘लो स्ट्राइक’ मार्फत ३१ मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमै जापानको जित सुनिश्चित गरेका हुन्। आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को रोमाञ्चक बराबरी खेलेको जापान आजको खेलमा विजयी भए अन्तिम ३२ नजिक पुग्ने छ ।

यता पहिलो खेलमा स्विडेनसँग पराजित भएको ट्युनिसिया लगातार दोस्रो हारसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : ३४ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा