जापानको सानदार प्रदर्शन : पहिलो हाफमा ट्युनिसियामाथि दुई गोलको अग्रता « Khabarhub

जापानको सानदार प्रदर्शन : पहिलो हाफमा ट्युनिसियामाथि दुई गोलको अग्रता


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि पहिलो हाफमा २-० अग्रता बनाएको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा र आयुसे उएडाले गोल गरे ।

खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उएडाले उत्कृष्ट ‘लो स्ट्राइक’ मार्फत ३१ मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमै जापानको जित सुनिश्चित गरेका हुन्। आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को रोमाञ्चक बराबरी खेलेको जापान आजको खेलमा विजयी भए अन्तिम ३२ नजिक पुग्ने छ ।

यता पहिलो खेलमा स्विडेनसँग पराजित भएको ट्युनिसिया लगातार दोस्रो हारसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : ३४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर