एनसेल र ट्रिप टर्बोबीच सहकार्य : बस, आन्तरिक हवाई टिकटलगायतमा ८ हजारसम्म छुट « Khabarhub

एनसेल र ट्रिप टर्बोबीच सहकार्य : बस, आन्तरिक हवाई टिकटलगायतमा ८ हजारसम्म छुट


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेल ग्राहकले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिमा आकर्षक छुटका साथै विविध लाभ पाउने भएका छन् । यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग एक साझेदारीपत्रमा हस्ताक्षर गरेको गरेको छ ।

यो साझेदारी अन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधिलगायतका कार्यमा आकर्षक छुट प्राप्त गरी बचत गर्न सक्छन् । यसका साथै अब ग्राहकहरूले एनसेल एपबाटै डिजिटल रुपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधाहरू सहजै प्राप्त गर्न सक्ने भएका छन् ।

कम्पनीका अुनसार यो छुटको सुविधा एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिहरूमा आबद्ध हुँदा प्राप्त गर्दछन् । ग्राहकहरूले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८००० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्छन् । यसका साथै, ग्राहकहरूले पहिलो पटक आन्तरिक हवाई यात्रामा २०० र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० अनि बस टिकट बुकिङमा १११ रुपैयाँ छुट पाउन सक्छन् ।

यी विशेष छुटहरुको लाभ एनसेल एपको पार्टनर्ड सर्भिसेज भित्र रहेको ट्रिप टर्बो सेक्सनमा गएर प्राप्त गर्न सकिन्छ । यो सेक्सनले ग्राहकहरूलाई यात्रा, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा सहभागिताका लागि तयारी गर्दा सजिलै छुटहरू खोज्न र प्रयोग गर्न मद्दत गर्दछ ।

साझेदारीबारे प्रतिक्रिया दिँदै एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, ‘हामी कनेक्टिभिटी मात्र नभएर यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदाहरुलाई नजिक ल्याउँदै ग्राहकहरूलाई त्यसको लाभ दिन प्रतिबद्ध छौँ । ट्रिप टर्बोसँगको हाम्रो साझेदारीले यो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एनसेल एप मार्फत ग्राहकहरूले अब यात्रा र विविध गतिविधिहरूमा बचत गर्न सक्छन्, जसले उनीहरूको यात्रालाई अझ सुविधाजनक, फलदायी र किफायती बनाउँछ ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ११ : ३१ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय