जापानको सानदार प्रदर्शन : ट्युनिसियामाथि तीन गोलको अग्रता « Khabarhub

जापानको सानदार प्रदर्शन : ट्युनिसियामाथि तीन गोलको अग्रता


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ३-० अग्रता बनाएको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा, आयुसे उएडा र जे आइटोले गोल गरे ।

खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उएडाले उत्कृष्ट ‘लो स्ट्राइक’ मार्फत ३१ मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमै जापानको जित सुनिश्चित गरेका हुन्।

दोस्रो हाफमा जापानले थप एक गोल गर्दै ७० मिनेटमा तीन शून्य गोल अन्तर बनाएको छ । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को रोमाञ्चक बराबरी खेलेको जापान आजको खेलमा विजयी भए अन्तिम ३२ नजिक पुग्ने छ ।

यता पहिलो खेलमा स्विडेनसँग पराजित भएको ट्युनिसिया लगातार दोस्रो हारसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ११ : २२ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा