जापानको सानदार प्रदर्शन : ट्युनिसियामाथि तीन गोलको अग्रता « Khabarhub

जापानको सानदार प्रदर्शन : ट्युनिसियामाथि तीन गोलको अग्रता


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ३-० अग्रता बनाएको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा, आयुसे उएडा र जे आइटोले गोल गरे ।

खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उएडाले उत्कृष्ट ‘लो स्ट्राइक’ मार्फत ३१ मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमै जापानको जित सुनिश्चित गरेका हुन्।

दोस्रो हाफमा जापानले थप एक गोल गर्दै ७० मिनेटमा तीन शून्य गोल अन्तर बनाएको छ । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को रोमाञ्चक बराबरी खेलेको जापान आजको खेलमा विजयी भए अन्तिम ३२ नजिक पुग्ने छ ।

यता पहिलो खेलमा स्विडेनसँग पराजित भएको ट्युनिसिया लगातार दोस्रो हारसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ११ : २२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर