वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक « Khabarhub

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने २० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका छन्।

श्रीलंका–ए विरुद्ध जारी त्रिदेशीय शृङ्खलाको फाइनलमा उनले केवल २९ बलमा ९४ रनको विस्फोटक इनिङ्स खेले। उनले मात्र ११ बलमै अर्धशतक पूरा गरेका थिए।

यसअघि ५० ओभरको क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान श्रीलंकाका कौशल्य वीरात्नेको नाममा थियो। उनले सन् २००६ मा रागामा क्रिकेट क्लबका लागि खेल्दै १२ बलमा अर्धशतक पूरा गरेका थिए।

श्रीलंका–एका कप्तान सहान अरच्चिगेले भारत–एलाई पहिलो सफलता दिलाउँदै वैभव सूर्यवंशीको विस्फोटक इनिङ्स अन्त्य गरे।

अरच्चिगेको फ्लाइटेड बलमा सूर्यवंशीले मिड–अफमाथि ठूलो सट खेल्ने प्रयास गरेका थिए, तर बल ब्याटमा राम्रोसँग नलाग्दा विजयकान्त वियासकान्तले क्याच समाते। सूर्यवंशीले २९ बलमा ९४ रनको शानदार इनिङ्स खेले, जसमा १० चौका र ८ छक्का समावेश थिए।

वरिष्ठ स्तरको ५० ओभर क्रिकेटमा दुई प्रकारका खेल हुने गर्छन्, लिस्ट–ए र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)। प्रत्येक ओडीआई खेल लिस्ट–ए अन्तर्गत पनि पर्छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान भने दक्षिण अफ्रिकाका AB de Villiers को नाममा छ। उनले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध १५ बलमै ५० रन पूरा गरेका थिए।

२६ ओभरको समाप्तिसम्म भारत–एले २ विकेट गुमाएर २०९ रन बनाएको छ। कप्तान तिलक वर्मा र ऋतुराज गायकवाड क्रिजमा छन्।

भारत–ए टोली

वैभव सूर्यवंशी, प्रियांश आर्या, ऋतुराज गायकवाड, तिलक वर्मा (कप्तान), कुमार कुशाग्र, सूर्यांश शेडगे, अनुकुल रोय, निशान्त सिन्धु, विप्रज निगम, अशोक शर्मा र यश ठाकुर।

श्रीलंका–ए टोली

निरोशन डिकवेला (विकेटकिपर), अविष्का फर्नान्डो, रविन्दु फर्नान्डो, सदीरा समरविक्रमा, सहान अरच्चिगे (कप्तान), नुवानिदु फर्नान्डो, वनुजा सहान, मोहम्मद शिराज, दुलाज समुधिता, विजयकान्त वियासकान्त र कुगाथस माथुलन।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १२ : २१ बजे

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली